कोशी अस्प्तालमा उपचाररत २८ जना कोरोना भाइरसका संक्रमित निको भएर डिस्चार्ज हुँदै

२२, जेठ विराटनगर । कोरोना भाइरसका संक्रमित दिनदिनै थपिने क्रममा यस भाइरसका संक्रमित निको भएर फर्किने क्रम पनि जारी छ । यसै सिलसिलामा आज प्रदेश १ बाट २८ जना कोरोना संक्रमित डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोसी अस्पताल, कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदैछन् । उनीहरु मध्ये ६ जनामहिला र २२ जना पुरुष छन ।

कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ ।

योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।

यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ रहेकाछन् ।