नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
चितवन भने बाहिरिएको छ। सोमपाल कामीको नेतृत्वमा रहेको कर्णालीले अब फाइनल प्रवेशका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ।
टस हालेर मैदानमा ब्याटिङ गरेको २० ओभरमा ६ बिकेट गुमाउँदै १७६ जनाको लक्ष्य दिएको थियो । तर जवाफमा चितवनले २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र बनाएको थियो । कर्णालीले आजै हुने अर्को खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदैछ। यो खेलको विजेता टोली फाइनल पुग्नेछ।
कर्णालीले चितवनलाई दिएको १७६ रनको लक्ष्य पछ्याएको भए पनि २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो।
चितवनको ब्याटिङ कुनै पनि बेला सम्हालिन सकेन। अन्तः चितवन खेल तालिकाबाट नै आउट भएर घर फिर्ता भएको
छ ।