काठमाडौं । मंसिर २८ गते निर्वाचन सम्पन्न भएको नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको चुनामा अन्तर्गत काठमाडौं जिल्ला शाखाको निर्वाचनमा अध्यक्षमा शोभा अर्याल निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा आइतबार बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार अर्यालले ४१५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पुस्कर बस्नेतले २२२ मत प्राप्त गरे ।
खुला उपाध्यक्ष पदमा हेमबहादुर राना २६६ मत सहित निर्वाचित हुँदा उनका प्रतिद्धन्द्धि गोबिन्द गिरीले २४५ मत ल्याएका छन । समावेशी उपाध्यक्षमा कान्ति न्यौपाने ४१३ मतसहित निर्वाचित हुँदा उनको प्रतिद्वन्द्वी सीतामाया पौडेलले २१८ मत ल्याइन।
खुल्ला सचिवमा रमेशकुमार बोहरा ३४३ मतसहित निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी बुद्ध योञ्नजन लामाले ३०३ मत ल्याए भने खुल्ला सहसचिवमा विक्रम रत्न २८२ मतसहित निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी ऋषिराम बस्यालले २७८ मत प्राप्त गरेका छन् । समावेशी सहसचिवमा इश्वरी अधिकारी ३८३ मतसहित निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी मनिका खतिवडाले २८३ मत ल्याइन ।
त्यस्तै कोषाध्यक्षमा रामचन्द्र कार्की ३०१ मतसहित निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी राममणिघिमिरले २३९ मत पाएका
छन् ।
त्यस्तै खुला सदस्यमा निर्वाचित हुनेहरुमा अंकध्वज परिवार, अनिशा जयन्ती श्रेष्ठ, ऋृग देवकोटा, गोबिन्दकुमार शर्मा, नेत्रबहादुर बस्नेत, चेतनारायण बेलबासे, मञ्जु घिमिरे, यमराज सुवेदी निर्वाचित भएका छन् । त्यस्तै समावेशी सदस्य महिलामा अनिशा निरौला, जनजातिबाट बिनिता डंगोल, मधेशीबाट सुनिलकुमार साह, दलितबाट गणेश बस्नेत र अन्यबाट जगदिशप्रसाद अधिकारी निर्वाचित भएका छन् ।