Breaking News

कुटनीतिमा चतुरे देउवा, प्रचण्ड, रवि र ओलीलाई एउटै गोलीले सिध्याए !

नेपाली काँग्रेसले ०८० फागुल्न २८ गतेदेखि सहकारी ठगीमा संलग्न तत्कालिन गृहमन्त्री रवि लामिछानेलाई कारबाही वा छानबिन गर्नुपर्ने मागसहित सदन अवरोध गर्यो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रोष्टममै उभिएर भने, ‘रवि लामिछाने निर्दोष छन् । उनले कुनै पनि सहकारी ठगेको प्रमाण छैन । उनी चोखो छन् ।’ वर्तमान सरकारमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री छन् । सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछाने अहिले प्रहरी हिरासतमा छन् । उनलाई थत कात्तिक २ गते पक्राउ गरिएको थियो । केही दिनअघि ओलीले गृहजिल्ला झापामा भ्युटावर उद्घाटन गर्दै व्याङ्यात्मक रुपमा रविलाई भने, ‘सहकारी ठगेजस्तो सरकार चलाउन सजिलो छैन ।’

काँग्रेस सभापति शेरबहादुर देउवाले केही महिनाअघि एक सार्वजनिक कार्यक्रममा भने, ‘धेरै बोल्नु हुदैँन । नबोली नबोली भित्रभित्रबाट सिध्याउनुपर्छ ।’ त्यसो त उनले एउटै गोलीले तीन सिकारी मारे अनि त्यसको फाइदा आफुले उठाए । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने उनी नै हुन् । सरकार ढलेपछि अहिले प्रचण्ड यता न उताको भएका छन् । यता, लामिछानेलाई प्रहरी हिरासतमा पुर्याउने पनि देउवा नै हुन् । हिजो काँग्रेसको विरोध गरेर नथाक्ने ओलीलाई अहिले आफ्नो शरणमा ल्याएका छन्, देउवाले । उनले उठ भने उठ र बस भने बस्छन्, ओली । यी सबै खेल रचेर काँग्रेसले सत्ता कब्जा गरेको छ ।

ह्ुन त ०७९ मंसिर ४ गतेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा जनताले काँग्रेसलाई पहिलो पार्टी बनाएका थिए । तर, प्रचण्ड चर्तुर हुँदा काँग्रेसले सत्ता गुमाउनुपर्यो । प्रचण्ड पनि कहिले एमाले त कहिले काँग्रेससँग मिलेर आफ्नो सत्ता जोगाइराख्ने दाउमा थिए । यसबाट जानकार देउवाले भित्रि खेल खेलेपछि उनी पनि सडकछाप अवस्थामा पुगेका छन् ।
‘बोलेर होइन, नबोली नबोली भित्रभित्रैबाट सिध्याउनुपर्छ’ भनेका देउवाले आखिर त्यो गरेरै देखाएका छन् । अहिले देउवा एमाले र ओली सिध्याउने खेलमा छन् । तर, यसबारे ओली अन्जान छन् । ओलीलाई थाहा छैन कि एमाले सिद्धिन थालिसक्यो । यो हुनुको प्रमुख कारण लामिछाने प्रकरण पनि हो ।

हिजो सदनमा उभिएर रविको गुनगान गाएका ओलीकै पालामा अहिले लामिछाने समातिएका छन् । अनि यसबाट के
बुझ्ने ? देउवाले प्रचण्ड र लामिछानेलाई त सिध्याए । अब पालो एमालेको आएको छ । सहकारी ठगीमा रविमाथि अनुसन्धान गर्नुपर्ने माग राख्दै काँग्रेसले सदन अवरोध गरिरहँदा ओली आफ्नो सिटबाट उठेर रोष्टमतर्फ जान लाग्दा काँग्रेसका नेता धनराज गुरुङले झण्डै कुटपिट गरेका थिए । प्रचण्ड सरकार ढालेर ओलीले काँग्रेससँग गठबन्धन गरी सरकार गठन गरेको झण्डै छ महिना हुन लागेको छ ।

यस अवधिमा न मुलुकको अर्थतन्त्र सुध्रियो न यातायात क्षेत्रमा भएको सिण्डिकेट नै हटाए । ओली प्रधानमन्त्रीको रुपमा असफल भइसके भनेर एमालेका कार्यकर्ता र जनताले थाहा पाइसकेका छन् । गत मंसिर १६ गतेको स्थानीय तह उपचुनावमा एमाले तेस्रो स्थानमा झर्यो । उपचुनावमा काँग्रेस पहिलो पार्टी बन्यो । अनि यसबाट देउवाले एमालेलाई समेत सिध्याउन खेल खेलिरहेको स्पष्ट हुन्छ ।

देउवा बोल्दैनन् । भित्री रुपमा गर्छन् मात्रै । मंसिर ७ गते एमालेले दरबारमार्गमा जागरण सभा गर्यो । एक लाख कार्यकर्ता उतार्ने दाबी गरेको एमालेले एक हजार समेत उतार्न सकेन । यसले समेत एमालेको लोकप्रियता कति खस्किसक्यो भनेर थाहा हुन्छ । अहिले आम नागरिक भन्छन्, ’एमालेसँग न सिद्धान्त छ न विचार । सत्ताका लागि सबै काँग्रेसलाई बुझायो । देउवाले जे भन्यो, त्यँही गर्छ एमाले ।’

काँग्रेसले सदन अवरोध गरिरहँदा एमाले सांसदहरु चर्को विरोधमा उत्रिएका थिए । उनीहरु नै भन्थे, ‘रवि चोखो छन् । काँग्रेसको आरोप झुठो हो ।’ अहिले लामिछाने ओलीकै पालामा पक्राउ परेका छन् । अनि अब अलिकति मात्रै नैतिकता छ भने एमालेका सबै सांसदले पदबाट राजीनामा दिनुपर्छ कि पर्दैन ? हुन त एमालेका नेतादेखि कार्यकर्तासम्ममा न नैतिकता छ न जिम्मेवारी ।

अहिलेसम्म मदन भण्डारी र मनमोहन अधिकारीको योगदानको यीनीहरुले ब्याज खाइरहेका छन् । एमालेका अहिलेका नेताहरुको पृष्ठभूमि केलाउने हो भने कोही गुण्डा हुन् त कोही सरकारी, सार्वजनिक जग्गा दर्ता गर्ने माफिया । त्यस्तै, सहकारी ठगीमा पनि एमाले नेताहरुको उत्तिकै संलग्नता छ । तैपनि उनीहरु जनताको सेवक हौं भन्दै कोर्टमा सांसदको लोगो लगाएर हिँडिरहेका छन् ।

ओलीमाथि झापाको गिरिबन्धु टि स्टेटको सरकारी जग्गा क्याबिनेटमार्फत नै व्यक्तिको नाममा पास गरिदिने निर्णय गरेको आरोप छ । प्रचण्ड प्रधानमन्त्री हुँदा एक सार्वजनिक कार्यक्रममा भने, ‘३२ सिट भएर के गर्नु । म पाँचै वर्ष प्रधानमन्त्री खान्छु ।’ त्यो भन्नेबित्तिकै देउवाले एउटै गोलीबाट सबैलाई सिध्याइदिए । प्रचण्डलाई सुकुम्बासी बनाइदिए । लामिछानेलाई प्रहरी हिरासतमा पुयाईदिए अनि ओली र एमालेको लोकप्रियता खस्काइदिए । देउवालाई अरुलाई सिध्याएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर तस्करी गरेको आरोप लागेकी पत्नी डा.आरजु राणा देउवालाई बचाएनन् मात्रै परराष्ट्रमन्त्री समेत बनाइदिए ।

बुढोपाकाले भन्थे, ‘भुक्ने कुकुरले टोक्दैन । नभुक्ने कुकुरले टोक्छ ।’ देउवाको हकमा पनि यही लागू हुन्छ । उनी हत्तपत्त बोल्दैनन् । न त उनले बोलेका कुरा नै राम्ररी बुझिन्छ । नबोल्दा नबोल्दा देउवाले खेलैखेलमा सबैलाई सिध्याइदिएका
छन् । उनले प्रचण्ड, लामिछाने र ओलीलाई सिध्याएनन् मात्रै काँग्रेसको भविष्यको बाटो समेत बनाइसकेका छन् । त्यसो त ०८० फागुल्न २१ गतेभन्दा अघि लामिछाने र ओली ०८४ मिसनमा लागे । ०८४ मा पहिलो पार्टी बन्ने हानाथापमा देश दौडानमा निस्किए । तर, अब रास्वपा र एमाले सिद्धिएको छ । लामिछाने त सिद्धिए नै सँगै उनको पार्टी रास्वपा पनि घर न घाटको अवस्थामा पुगेको छ । उता, एमाले पनि सिद्धिने क्रम जारी छ ।

देउवाले सबैलाई सिद्धाएर काँग्रेसको भविष्य निर्माण गरिसकेका छन् । ओलीलाई प्रधानमन्त्री त बनाए । तर, नामको
मात्रै । किनकि ओली उनकै इसारामा चलिरहेका छन् । प्रधानमन्त्री हुँदा पनि ओलीले काम नगरेकोमा जनता भने आक्रोशित छन् । यद्यपि, काँग्रेस र देउवाप्रति सर्वसाधारण आक्रोशित देखिदैँनन् । बजारमा एमालेको मात्रै विरोध
सुनिन्छ । काँग्रेसबारे कँही कतै केही सुनिदैँन । अब ०८४ को निर्वाचनमा फेरि पनि पहिलो पार्टी काँग्रेस नै बन्ने देखिएको
छ । माधव नेपाल र प्रचण्डसँग न भिजन नै छैन । उनीहरु कहिले देउवा त कहिले ओलीको शरणमा पुग्छन् । गिरिजाप्रसाद कोइरालालाई कुटनीतिमा चतुरे भनिन्थ्यो । अहिले देउवा त्यसैमा माहिर देखिएका छन् । देउवाको कुटनीतिले अझै को कोलाई सिध्याउने हो, हेर्न बाँकी छ ।

रुषा थापा