क्वारेन्टिनमा बसी घर फर्केका एक १९ वर्षे युवकको घरमै मृत्यु

२२ जेठ, काठमाडौं । मजदुरीको काममा भारत गएका र कोरोना लकडाउनका कारण घर फर्केर सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा सरकारी नियमअनुसार बसी घर फर्केका पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको एक युवकको मृत्यु आफ्नै घरमा मृत्यु भएको छ ।

उनी यही जेठ ७ गते भारतबाट बीरेन्द्रनगर आएका थिए ।

पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए ।