Breaking News

सांसद भगबती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा विशेष सम्मान

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियन्ता सांसद भगबती चौधरी सम्मानीत भएकीे छिन् ।

बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्रीसमेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानीत गरिएको बताइएको छ । सांसद चौधरीलाई मंसिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

सम्मानीत भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफुले समाज रुपान्तरण र महिला उत्थानमा अग्रसर भएको बताईन । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवद्र्धनमा आफु सदैव सक्रिय भएर अगाडि बढ्ने बताउँदै सम्मानित हुन पाउँदा गौरवान्तिक भएको बताए ।

२०७२ सालको संविधानले सबै खाले विभेदहरुको अन्त्य गरेको भएपनि समाजमा विभेदहरु रहेको गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकीर गरे । ‘नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भएपनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरु छन् । परम्परागत, सांस्कृतिक विभेदहरु छन् । महिलाहरु आर्थिक क्षेत्रमा पछाडी परेका छन् । ती सबै विभेदहरुको अन्त्यको लागि सबैले आ–आफ्नो स्थानबाट काम गर्नुपर्छ ।’ मन्त्री चौधरीले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि राजनीति र समाजसेवा मार्फत समाज रुपान्तरण र आर्थिक सशक्तिकरणमा लागि रहने प्रतिबद्धता व्यब्m गरे ।

महिला आर्थिक सशक्तिकरणकी अभियन्तासमेत रहेकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रुपमा रहेर संविधान लेखनमा योगदान पुर्याएको छ । ३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तिकरण, समाजसेवा गर्दै आइरहेकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुन् । उनले ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत गाउँगाउँमा रहेका महिलाहरुलाई सामाजिक, सांस्कृतिक विभेदहरु विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तिकरणमा जोड्न महत्वपूर्ण भूमिका खेलेकी छिन् ।

उनले गरिब, विपन्न र पछाडी परेका महिलाहरुको आर्थिक उन्नतीका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमुलक तालिमलगायतमा काम गर्दै आइरहेको छ । हाल प्रतिनिधि सभा सदस्यका रुपमा संसदमा नेतृ चौधरीले सामाजिक, आर्थिक, वर्गीय विभेद र समतामुलक कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।