साताको अन्तिम कारोबार दिन बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक घटेको छ।
नेप्से परिसूचक १५.९३ अंकले घट्दा कारोबार रकम समेत ८.४३ प्रतिशतले घटेको छ।
बुधबार नौं अर्ब १३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार आठ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको हो।
जीवन बिमा र व्यापार मुलुक समूह बाहेक कुनै समूहमा पनि सुधार हुन सकेन।
होटेल र टुरिजम क्षेत्रको समूहमा सबैभन्दा धेरै ३.६३ प्रतिशतको गिरावट आएको छ।
यस दिन तीन सय सात स्क्रिप्स कारोबार भएकोमा सेयर कारोबार हुने कम्पनी २ सय ४४ वटा थिए। यी कम्पनी मध्ये ४० वटाको मूल्य बढेको छ भने दुई सय एक वटाको मूल्य घटेको छ। तीन वटाको मूल्य स्थिर छ।
खानीखोला जलविद्युत, सुपरमादी हाइड्रो र मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै नौं प्रतिशतको दरले बढेको छ।
सपोर्ट माइक्रोफाइनान्सको सबैभन्दा धेरै ८.३७ प्रतिशतले मूल्य घटेको छ। सबैभन्दा धेरै रकमको कारोबार हुनेमा नेपाल फाइनान्स पहिलो स्थानमा छ। कम्पनीको ४२ करोड रूपैयाँको सेयर कारोबार भएको छ।