नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्।
त्रिवि मैदानमा दीपेन्द्रले २४ बलमा नटआउट ५७ रन जोडेका हुन्। अन्तिम दुई बलमा प्रतिश जिसीलाई लगातार दुई छक्का प्रहार गरेका उनले कुल ३ चौका र ५ छक्का प्रहार गरे।
टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दीपेन्द्रको उत्कृष्ट ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा १८२ रन जोड्यो। जारी प्रतियोगितामा यो अहिलेसम्मकै ठूलो स्कोर हो।

