Breaking News

सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

१८ मंसिर, काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा बयानका लागि कास्कीबाट काठमाडौ ल्याइएको थियो । काठमाडौको बयान सकिएपछि आज लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।

चितवनमा समेत रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्‍याइएका लामिछानेलाई कास्की, रुपन्देही र काठमाडौंमा लगेर बयान लिइसकेको छ।