काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्र्तगत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको थियो । निर्धारित समयमा सवै मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।
उपनिर्वाचनमा समग्रमा ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार जाजरकोट र काठमाडौँ महानगरपालिका वडानम्बर १६ मा सोचेभन्दा कम मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले केही मतदान केन्द्रमा बढिमा ८५ प्रतिशतसम्म मतदान पनि भएको छ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भएको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकेको थियो । आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने जनाएको छ । आयोगका अनुसार अधिकांश वडाको मतगणना आजै बेलुकाबाट सुरु गर्ने तयारी छ ।