Breaking News

मुग्लिन–पोखरा सडकअन्तर्गत छिर्कने–देउराली सडकखण्ड मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा बन्द हुने

३ मंसिर, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन-पोखरा सडकअन्तर्गत छिर्कने-देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।

राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिने छ । राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने छ । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने छ ।