लकडाउनका बेला कर बुझाउने सूचना जारी गर्नू गैरजिम्मेवारीपनको पराकाष्ठा

काँग्रेस

२१ जेठ, काठमाण्डौ । देश कोरोना भाइरसका कारण लकडाउनको अवस्थामा रहेको छ । मान्छेहरु घरबाट बाहिर निस्कने पाएका छैनन् । व्यापार, व्यावसाय, कलकारखाना र अन्य कुनै प्रकारका आर्थिक गतिविध हुन नपाएर आर्थिक संकटबाट गु्रजिरहेका जनतालाई सरकारले करको समयसिमा तोेक पछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनका बेला सरकारले करको ताकेता गरी जनतामा पीडामाथि पीडा थप्ने काम गरेको भनेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका बेला कर बुझाउने सूचना जारी गर्नू गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताए ।

आज बुधबार बिहान विज्ञप्ति निकालेर नेता खाँणले कोरोना महामारीको विषम र असहज परिस्थितिमा सरकारले आमनागरिकमा पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएको खाँणले उल्लेख गरेका छन् ।

‘लकडाउनले व्यापार, व्यवसाय, यातायात क्षेत्रलगायत ठप्प छ । यस्तो विषम परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो,’ खाँणले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले श्रमिक वर्ग, किसान र बन्द भएका सानादेखि ठूला उद्योगधन्दालाई विशेष राहत प्याकेज दिनुपर्नेमा त्यसको विपरीत करका लागि ताकेता गर्नु सरकार जनताप्रति उदासिन रहेको ष्रष्ट भएको नेता खाँणले बिज्ञाप्तीमा भएको छन् ।