कोरोना फैलिन नदिन जुम्लामा आजदेखि तीनदिन सम्म निषेधाज्ञा जारी

२१ जेठ, सुर्खेत । कर्णालीमा एकपछि अर्को गर्दै कोरोना भाइरसका संक्रमित बिरामी देखिन थाले पछि जुम्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले आज बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको साहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै उनले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन् ।

जिप्रकाले सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेका सबै पसलहरु बन्द हुने उल्लेख छ । बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुन्ने सूचनामा जनाइएको छ ।