Breaking News

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

८ कात्तिक, पोखरा । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले २५ दिनको म्याद थप्न माग गरेको थियो, ४ घन्टासम्म पेचिलो बहसपछि जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविसहित ३ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति दियो ।

अब गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक तथा सञ्चालक रवि, पूर्व सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशी र सूर्यदर्शन सहकारी तथा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई ९जीबी०सँग मिलेर रकम अपचलन गरेको अभियोगमा लिला पछाइ थप सात दिन प्रहरी हिरासतमा रहने छन् ।