Breaking News

सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्दै

काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नै लागेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बुझिएको छ ।