Breaking News

रास्वपाका आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल

४ कात्तिक, पोखरा । सहकारी प्रकरणमा काठमाडौबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रबि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा लागिएको छ । यस अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपामा नेता तथा कार्यकर्ताले रविका पक्षमा प्रदर्शन गर्ने क्रममा निषेधाज्ञ तोडेका छन् । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेका साथै हानहान भएको थियो । रास्वपाका नेता कार्यकर्ताको विरोधमा पोखराको सहिदचोकमा भइरहेको छ ।