Breaking News

काँग्रेस–एमाले सरकार गठनसँगै जसरी भए पनि मलाई जेल कोच्ने सम्झौता भएको थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नयाँ सरकार गठन भएपछि जसरी भए पनि आफूलाई जेल कोच्ने सम्झौता भएको दाबी गरेका छन्।

पार्टी कार्यालय च:मतिबाट पक्राउ हुनुअघि सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेस-एमाले गठबन्धनको सरकार बन्नअघि जसरी भए पनि आफूलाई कोच्ने सम्झौता भएको उनले दाबी गरेका छन्।

‘नयाँ गठबन्धनको सरकार गठन हुँदा जसरी भए पनि रविलाई कोच्नुपर्छ भन्ने सम्झौता भएको थियो,’ उनले भने।

सहकारी ठगीमा लामिछानेविरूद्ध शुक्रबार अपराह्न जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि पार्टी कार्यालय च:मतिबाट सम्बोधन गरेका हुन्।

यस्तै, उनले चुनावै लड्न नसक्ने गरी रास्वपा फुटाउन सरकार लागि परेको आरोप लगाएका छन् भने राज्यले गरेको दादागिरीविरूद्ध डटेर लागिपर्न अनुरोध गरेका छन्।

सभापति रवि लामिछाने