Breaking News

प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाए

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

बैठक  संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि सुरु हुनेछ ।  बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।