Breaking News

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका र जमरा प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शनिबार सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन्।

दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अंगका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा दिइसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरू गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ।

राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्ने इच्छा राखेर लाममा बस्ने सबैलाई राष्ट्रपति पौडेलले टीका लगाइदिने छन्। राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौं मानिस लाममा बसेको जनाइएको छ।

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट हजारौं नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन्।

रासस