Breaking News

मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान गरेका छन् ।
काठमाडौंको नक्सालस्थित रहेको देव कर्नर सेवा समितिले नयाँ रोडमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वप्रदेश प्रमुख डा.अहिराजले रक्तदान गरेका हुन् ।  देव कर्नर सेवा समितिद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रगत प्रदान गरी महादान गरेको भनी डा.अहिराजलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको छ । प्राकृतिक प्रकोपले देशमा रगतको समस्या रहेको भन्दै उनले हरेक जिम्मेवार र सक्षम अगुवाहरुले रक्तदान गरिदिदा एउटा अरुमा पनि हौसला प्रदान हुने धारणा राखेका छन् । उनले भने, ‘देशमा रगतको समस्या कायम रहेकोले सबै सक्षम जनप्रतिनिधि, समाजका अगुवा, राष्ट्रसेवक र बुद्धिजीवीहरुलाई रक्तदान गरिदिन आग्रह गर्दछु ।’