सरकार ! लकडाउनको मोडालिटी परिवर्तन नगरीए जनता भोकभोकै मर्न सक्छन् ?

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को आज ७१ औं दिन हो । अहिले सरकारले जारी गरेको सातौं चरणको लकडाउन चलिरहेकोे छ भने भोलिबाट आठौं चरणको शुरु हुँदैछ । सरकारले आगामी जेठ ३२ सम्मका लागि लकडाउन लागू गरेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलो पटक चैत ११ गते देखि लागू गरेको लकडाउन चरणबद्ध गइरहेको पनि छ । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा बैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा बैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो । त्यस्तै सातौ चरणको लकडाउन जेठ २० आज सम्मको रहेको छ भने आठौ चरणको लकडाउन जेठ ३२ सम्म तोकिएको छ । यस अवधिमा कोरोना भाइरसको महामारी फैलिदै जाने क्रममा बढ्दो छ । आज सम्मको डाटा अनुसार ७१,९१६ को कोरोना परीक्षण गर्दा जम्मा संक्रमितको संख्या १,८११ मा मृत्यु ८ र निको भएर घर फर्किएका २२१ रहेको सरकारी तथ्यांक रहेको छ ।

लकडाउनको बखत अत्यावश्यक सेवा बाहेक अन्य पास तथा ईमरजेन्सी पर्ने सवारी साधन लाई चल्न दिइएको छ । यस्तै अत्यावश्यक सेवा सञ्चालन गर्न दिइने कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा, पानी, दुध, प्रेस, दूरसंचार, हुलाक, बिद्यूत अन्य गरेका छन् । तर सरकारले जेठ ३२ सम्मको थपेको लकडाउनलाई भने मोडालिटी चेन्ज गर्ने समेत बताइएको छ । ७१औं दिनसम्म आइपुग्दा यो अवधिमा ठाउँमा अपराधी घटना, हत्या, बलात्कार र जातीय घटना घट्न पुगेको छन् ।

जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिए पनि सरकारले जनताको समस्या भने बुझ्न सकेको छैन । आज सम्म करिब १० हप्ता घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । संसदमा आव २०७७–०७८को बजेट भाषण र सोही बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका कुरामा जारी लकडाउनबारे विस्तृत उल्लेख केही गरिएको छैन । यो सँगै सर्वसाधारण लकडाउन कहिलेसम्म चल्ने हो भन्ने चिन्तामा देखिएका छन् । प्रधानमन्त्री ओलीले उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउने भनिए पनि जनताले काम गर्ने बातावरण भने पाउन सकेका छैनन् । उद्योग धन्दा सञ्चालनको उपयुक्त वातावरण नभए पछि संचालन गर्न समेत कठिन छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी मुलुकमा अहिले फैलिँदो अवस्थामा रहेकोले सबैलाई सचेत र सजग बन्न आग्रह गरे पनि अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म ? यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि जनतामा लकडाउन बारे अन्योलता देखिएको छ । पछिल्लो समयमा कोरोनाका संक्रमित धेरै संख्यामा थपिने क्रम पनि जारी छ । यसले त्रास र चिन्ता बढेको पनि छ । अर्कोतर्फ संक्रमितको संख्या १८०० सय नाघेको पनि छ । पछिल्लो दिनमा संक्रमितको बढ्दो तीब्रताले आज जेठ २० बाट लकडाउन खुल्ने आशामा रहेपनि सरकारले पुन जेठ ३२ सम्म लकडाउन बढाएपछि जनताको आशामा कालो बादल मडारिएको छ । आज जेठ २० पछि लकडाउन खुल्ने धेरैको अपेक्षा रहेपनि त्यो हुन नसकेर जेठ ३२ सम्म लम्बिएको छ ।

सरकारले संक्रमितको व्यवस्थापन र भारतबाट भित्रिएका नेपालीका लागि उपयुक्त व्यवस्था गर्न नसकेको अवस्थामा लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलन समेत कतिपयले गरिहरेका छन् । त्यसैले पनि सरकारले जेठ ३२ सम्म लकडाउन थपेको पनि हुनसक्छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ । जेठ १७ गते बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनलाई बिज्ञसँग परामर्श गरेर मोडालिटी चेन्ज गरिने जनाएको थियो । कोरोनाविरुद्धको लडाईं लामो हुने र संघर्ष र आर्थिक गतिविधि सुरक्षाको उपाय अपनाएर अगाढी बढ्न जरुरी पनि छ । स्रोतका अनुसार सरकारले सार्वजनिक यातायात र शैक्षिक संस्था, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, हवाई सेवा, सभा, गोष्ठी, सम्मेलन, पाठ, पुजा र अन्य जमघट भने केही समय बन्द हुनेछन् । तर, शैक्षिक कार्यक्रमको विकल्पका रुपमा अनलाइन र दुर शिक्षा शुरु गर्ने तयारीमा सरकार रहेको छ । यसका लागि शिक्षा मन्त्रालय लागिपरेको बताइएको छ । उद्योग संचालनका लागि भने सम्बन्धित उद्दोगीले सुरक्षाको वातावरण मिलाउनुपर्नेछ । कृषि कार्य गर्न छुट नै छ । विशेषगरी विदेशमा रहेका अलपत्र नेपालीको उद्धार गरी रोजगारीमा लगाउने सरकारको तयारी छ । उनीहरुलाई निर्माण क्षेत्रमा लगाउने तयारीका साथ सरकार लागेको छ । कोरोनाविरुद्धको लडाईंमा निर्माण कार्यलाई गति दिने सरकारको तयारी देखिएको छ । राष्ट्रिय गौरवका आयोजना र ठुला आयोजनाहरुले पनि गति लिनेछन् । देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थाले पनि लकडाउनले जनताको दैनिक जीवन नै मुश्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिन लागेको हो । अस्पतालहरु कोरोना संक्रमितले भरिदै गएपछि सरकारले घरमै आइसोलेसनमा रहने गरी व्यवस्था समेत गर्न लागेको छ । सरकारलाई विभिन्न क्षेत्रबाट लकडाउन हटाउने वा जारी राख्ने भन्ने विषयमा फरक–फरक सुझाव आइरहेकाले पनि सरकार आफै लकडाउन के गर्ने भन्नेमा अन्यौलमा रहेको सरकारी अधिकारी बताउँछन् । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका छन् । अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । बन्दाबन्दीका कारण बन्द रहेको आर्थिक गतिविधि सुचारु गर्ने भनिए पनि अहिलेसम्म उपयुक्त ढंगले सञ्चालनमा भने आउन सकेको छैन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी मुलुकमा अहिले फैलिँदो अवस्थामा रहेकोले सबैलाई सचेत र सजग बन्न आग्रह गरे पनि अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म ? यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि जनतामा लकडाउन बारे अन्योलता देखिएको छ । पछिल्लो समयमा कोरोनाका संक्रमित धेरै संख्यामा थपिने क्रम पनि जारी छ । यसले त्रास र चिन्ता बढेको पनि छ । अर्कोतर्फ संक्रमितको संख्या १८०० सय नाघेको पनि छ । पछिल्लो दिनमा संक्रमितको बढ्दो तीब्रताले आज जेठ २० बाट लकडाउन खुल्ने आशामा रहेपनि सरकारले पुन जेठ ३२ सम्म लकडाउन बढाएपछि जनताको आशामा कालो बादल मडारिएको छ । आज जेठ २० पछि लकडाउन खुल्ने धेरैको अपेक्षा रहेपनि त्यो हुन नसकेर जेठ ३२ सम्म लम्बिएको छ ।

 

संक्रमण थप जिल्लाहरुमा बिस्तार भएसँगै जनमानसमा त्रास बढेपनि नेपालमा कोरोना संक्रमित निको हुँदै गएका पनि छन् । लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् । यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका छन् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिक महाशाखाले आग्रह गरेको छ ।

ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत दिनहुँ पक्राउ गरि कारवाही गरिरहेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्ने वरुद्ध प्रहरीले कारबाही जारी राखेको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडक र चोकचोकमा भने बिहान बेलुका हलपहल र भिडभाड देखिने गरिएको छ ।