काठमाडौँ । गत शुक्रबार र शनिबार लगातारको वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका
हुन् ।
रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका १ स्थित खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ ।
सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।
मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा आवत–जावत रोकिएको छ ।