Breaking News

आज कोशी प्रदेशमा भारी वर्षा

१६ असोज, काठमाडौं । आज कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिनभर कोशी प्रदेशमा झरी पर्ने छ । भोलि पनि वर्षाको सम्भावना छ ।

कोशी प्रदेशमा केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा छ । त्यसैले यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने सम्भावना छ ।

यसअघि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पुर्‍याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।