Breaking News

नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गर्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गर्ने भएको छ । त्यसका लागि आज आइतबार दिउँसो १२ अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलको बैठक बोलाइएको छ ।

असार तेस्रो साता १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन ।
‘आज कार्यदलको बैठक बसेर नेताहरूको कार्यविभाजन गरिन्छ’, उपमहासचिव रामकुमार भट्टराईले भने, ‘विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने काम हुन्छ ।’

बैठकले पार्टीका विभिन्न विभाग, आयोग प्रमुख तथा जनसंगठन, प्रदेश र जिल्ला इन्चार्जको जिम्मा विभिन्न नेताहरूलाई दिने निर्णय गर्नेछ ।