Breaking News

दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा

यस वर्षको दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ।

आज पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ।

विजया दशमी असोज २६ गते शनिबार परेको छ।

घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ।

टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने पनि समितिले उल्लेख गरेको छ।