Breaking News

मौसममा परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्दै

काठमाडौँ । बर्षा मौसम सकिन र हिउद लाग्ने सयम अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । देशैभरी ज्वरोका बिरामीहरु स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा जचाउन आउनेको उल्लेख्य संख्या देखिन थालेको छ ।

केही दिनदेखि भाइरल ज्वरोका बिरामीको संख्या बढ्ने क्रम जारी रहेको छ ।
मौसममा आएको परिवर्तनसँगै शहर र गाउँघरमा भाइरल ज्वरोको सङ्ख्या बिरामी बढ्न थालेका छन् । प्रायजसो बिरामी सबैभन्दा बढी भाइरल ज्वरोका छन् ।

प्राय बिरामीहरु उपचारका लागि भाइरल ज्वरोका रहेका भन्दै टाइफाइड, श्वासप्रश्वास, डेङ्गी, स्क्रब टाइफसलगायत समस्या भएका बिरामी स्वास्थ्य उपचारमा जाने गरेका छन ।