मुलुकमा विभिन्न समयमा भएको राजनीतिक परिवर्तनमा जनताको योगदान ठुलो रहेको छ । गरिब जनताले आफ्नो ज्यानको पर्वाह नगरी मुलुकको समृद्धिका लागि लडे । त्यतिबेला राजनीतिक दलहरुले जनतामा एउटा आशा देखाएका थिए, ‘हामी समृद्ध नेपाल बनाउँछौं । देश गरिबमुक्त बनाउँछौं ।’ विडम्बना, राणाशासन र राजतन्त्र पतनको यत्रो वर्ष बितिसक्दा समेत न देश समृद्ध भएको छ न गरिबमुक्त । राजतन्त्रको अन्त्यका लागि जनताले आफ्नो ज्यान गुमाउनुपर्यो । आफ्ना छोराछोरी गुमाउनुपर्यो । तर, उनीहरुले के पाए ? यही भ्रष्टाचारमा जडिएको देश ? नेताहरुले सिध्याएको नेपाल ?
मुलुकमा पटकपटक राजनीतिक परिवर्तन त भयो तर सर्वसाधारणको जीवनमा कहिल्यै परिवर्तन आएन । किनकि राजनीतिक परिवर्तनले जनतालाई होइन, नेतालाई मात्र मोजमस्ती र सुख दिलायो । अहिले नेताहरु जनताले तिरेको करमा मोजमस्ती गरिरहेका छन् । दुर्भाग्यपूर्ण त्यही कर तिर्ने जनता भने कहिले खान नपाएर न कहिले उपचार नपाएर आत्महत्या गर्नुपरिरहेको छ ।
तीन दशकअघि गरिबलाई धनी बनाउने भन्दै गाउँदेखि सहरसम्म बैंक तथा वित्तिय संस्था खोलिए । बैंक, सहकारी, लघुवित्त, फाइनान्सहरु च्याउ उम्रिएझैं पलाए । सीधासाधी जनताले आफुसँग भएको घरजग्गा धितो राखेर बैंक, वित्तिय संस्थाबाट कर्जा लिए । अधिकांशले व्यक्तिबाट पनि ऋण लिएका छन् । बैंक, वित्तिय संस्थाहरुले ‘हामी सस्तो ऋणमा कर्जा दिन्छु’ भन्दै सर्वसाधारण फसाए ।
शुरुमा कर्जाको मासिक ब्याजदर आठ प्रतिशत भन्ने अनि असुल्ने बेला ८० प्रतिशतसम्म । त्यो पनि ऋणलाई थाहै नदिई । यता, सेवाशुल्क एक प्रतिशत भनेर तीन प्रतिशतसम्म लिने । करोड मूल्य बराबरको धितो राखेर ३० लाख कर्जा प्रवाह गर्ने, त्यसमा पनि पाँच लाख त घुस नै खाने । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै २५ लाखमा करोडको धितो पचाइदिने ।
ऋणीले जतिसुकै किस्ता तिरेपनि साँबा नघट्ने । किनकि अधिकांश बैंक, वित्तिय संस्थाका कर्मचारीहरुले त्यस्तो रकम पेनाल्टी, ब्याज वा बचत खातामा जम्मा गरिदिन्छन् । बचत खातामा गरिदिएपछि ऋणीले झन् बढी रकम तिर्नुपर्ने हुन्छ । ऊसँग हर्जाना, पेनाल्टी र बढी रकम असुल्न पाइन्द्यछ । कतिपय बैंक, वित्तिय संस्थामका त ऋणीलाई नसोधी उसको कर्जाको बीमा गराइान्छ ।
अनि नवीकरण गर्ने भन्दै ऊसँग झन् बढी रकम असुलिन्छ । बैंक, वित्तिय संस्थाबाट ऋण मात्र होइनन्, निक्षेपकर्ता पनि पीडित भएका छन् । यीनीहरुले ऋणीको उठीबास लगाए नै सँगै बचतकर्तालाई पनि बिचल्लीमा परेका छन् । पछिल्लो समय बैंक खाताबाटै बचतकर्ताको रकम गायब भएको घटना बाहिरिएका छन् । कर्मचारीहरुकै मिलेमतोमा खाताबाट ग्राहकको रकम चोरिएको तथ्य पनि भेटिएका छन् । यसले बैंकप्रति सर्वसाधारणको विश्वास मात्र गुमेको छैन, जनताको रुवाबासी पनि चलेको छ । जीवनभर मेहेनत गरेर कमाएर विश्वास गरी बैंकमा राखेको पैसा बैंककै कर्मचारीहरुले चोरी गर्दा आम नागरिक पीडित भएका छन् ।
पैसा हराउँदा कतिपय बचतकर्ता डिप्रेसनमा गएका छन् । अहिले बैंक, वित्तिय संस्थाप्रति गुनासो गर्ने बढ्दो छन् । जोकोही आफु ठगिएको बताउँछन् । २०५२ फागुल्न १ गते माओवादीले जनयुद्ध शुरु गर्यो । ०५७–५८ सालमा बैंक, वित्तिय संस्था ठग, चोर हुन् भनेर माओवादीले गाउँ गाउँबाट लखेट्यो । ०६२–०६३ मा जनआन्दोलन भयो । माओवादी शान्ति वार्तामा आयो । ०६४ चैत २८ गते संविधानको पहिलो निर्वाचन भयो । माओवादीले एक सय २१ क्षेत्रमा चुनाव
जित्यो । र, थोरै क्षेत्रमा थोरै भोटले मात्र हार्यो । माओवादी शान्ति वार्तामा आएसँगै बैंक, वित्तिय संस्थाको ठगीधन्दा पुनः शुरु भयो । उनीहरु जनता ठग्न फेरि गाउँ छिरे ।
गरिबको जीवनस्तर सुधाउँछौं वा धनी बनाउँछौं भन्दै उनीहरु गाउँ छिरेका थिए । अहिले करोडौं सर्वसाधारणको झण्डै ४० खर्ब रकम ३५ हजारबढी सहकारीले खाइदिएको छ । लाखौं जनता लघुवित्त र मीटरब्याजका कारण पीडित भएका छन् । उनीहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । ०५० सालअघि काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन मात्र थियो । घर निकै कम हुन्थ्यो । घर भएपनि कच्ची माटोको हुन्थ्यो । अर्कोतर्फ, त्यतिबेला जग्गाको किनबेच पनि थिएन । सो समयमा अहिलेजस्तो जग्गा आनामा हुदैंन्थ्यो । रोपनीका रोपनी हुन्थ्यो । एउटै व्यक्तिको कयौं रोपनी जग्गा थियो । त्यसमा खेतीपाटी गरिन्थ्यो ।
तर, जब जनयुद्धको समयमा माओवादीले गाउँगाउँबाट जनता लखेट्यो, तब उपत्यकामा जग्गाको किनबेच हुन थाल्यो । गाउँका जनता सहर पसे । रोचक त के छ भने गाउँका दलालीहरु पनि यतै पसे । अनि त्यसपछि उनीहरुको ठगीधन्दा शुरु भयो । यीनीहरुले उपत्यकामा सस्तोमा जग्गा किने । रोपनीको पाँच–दश हजारमा जग्गा किनियो । अनि खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बेचियो ।
यसरी जग्गा किन्ने र बेच्ने दुवैलाई ठगियो । माओवादीले शोषक, सामान्ती गाउँबाट त लखेट्यो तर उनीहरुले सहरमा पसेर ठगीधन्दा मच्चाए । जग्गाको मूल्य जहिल्यै पनि बढिरहने भ्रम सिजना गरेर सोझासाझा जनतालाई फसाइयो । माओवादीले गाउँबाट लखेटेको दलाली, बिचौलियाहरु यहाँ घरजग्गा, सेयर दलाली बने । बैंकले सय रुपै्रयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर सर्वसाधारणलाई चार हजारमा बेचे । अहिले सेयरमा लगानी गर्ने सर्वसाधारण नराम्ररी डुबेका छन् । सेयर जुवा हो, त्यसैले अब दलालीहरुको कुरामा लागेर यसमा लगानी नगरौं ।
जनयुद्धको समयमा गाउँबाट माओवादीले लखेटेका शोषक, सामान्तीहरु सहर पसे । अहिले उनीहरुको जीवनमा धेरै परिवर्तन आएको छ । उनीहरुले काठमाडौंमा तीन–चार वटा घर बनाएका छन् । आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाएका छन् । करोडदेखि अर्बोको सम्पत्ति जोडेका छन् । माओवादीले लखेटेपछि त्यस्ता शोषक, सामान्तीहरुको जीवनमा झन् परिवर्तन आयो । उनीहरुले झन् सर्वसाधारण ठगेर कमाए । अनि कबे फाइदा भयो त जनयुद्धको ? शोषक, सामान्ती सिध्याउँछौं भनेर माओवादीले हतियार उठाएको थियो । सो क्रममा १७ हजार बढी नेपालीले ज्यान गुमाउनुपर्यो ।
बिडम्बना, त्यस्ता शोषक, सामान्ती सकिएनन्, उल्टै अहिले बढेका छन् । अहिले जताततै सोझासाझालाई त्यस्ता सामान्तीहरुले ठगेका छन्, लुटेका छन् । ०५० सालमा तिसौं रोपनी जग्गा भएकाहरु अहिले तीन आनामा झरेका छन् । किनकि त्यस्ता शोषक, सामान्तीहरुले सोझासाझाको सबै सम्पत्ति लुटे । उनीहरुलाई फसाएर ।
सदरमुकाम र काठमाडौं उपत्यकाका जनता आज सडकछाप भएका छन् । तर, गाउँका शोषक, सामान्तीहरु आज राजधानीमा आएर अर्बपति बनेका छन् । प्रचण्डले शोषक, सामान्तीको अन्त्य गर्छु भनेर हतियार उठाए, तर आज माओवादीले नै यीनीहरुको अगाडि आत्मसमर्पण गरेको छ । अनि के फाइदा भो जनयुद्धको ? १७ हजार नेपालीले ज्यान गुमाएर के पाए ?