Breaking News

नारायणघाट-मुग्लिन सडक खण्डमा रूख र बिजुलीको पोल ढल्दा अवरूद्ध

नारायणघाट-मुग्लिन सडक खण्डमा रूख र बिजुलीको पोल ढल्दा अवरूद्ध भएको छ।

आज बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो।

सालको रुख ढलेपछि अवरुद्ध बनेको नारायणघाट–मुग्लिन सडक खुलाउने प्रयास भइरहेको छ ।