Breaking News

सभापति देउवा र महामन्त्रीद्धयबीच सहमति नहुन नसकेपछि केन्द्रीय कमिटी बैठक सारियो

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ गतेलाई सरेको छ । मुख्यतय सभापति देउवा र महामन्त्रीद्धयबीच सहमति नहुन नसकेपछि केन्द्रीय कमिटी बैठक सारिएको हो ।

२३ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा अब महामन्त्री, उपसभापति र सभापतिले बोल्न बाँकी छ । त्यसपछि महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरु पास गर्नुपर्नेछ ।

प्रतिवेदनमा रहेको चुनावी गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकाबारे विवाद छ ।

यसबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापतिद्वय र महामन्त्रीहरुलाई बोलाएका थिए । तर सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक नै सारिएको एक नेताले बताएका छन् ।