Breaking News

राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवतीको २०५ औं रथजात्रा (खटयात्रा) को अवलोकन

११ भदौ, पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवतीको २०५ औं रथजात्रा ९खटयात्रा० को अवलोकन गरेका छन् ।

पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पुगेका हुन् ।

जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवं रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका छन् ।

जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा पनि गरे । त्यसपछि राष्ट्रपति पौडेलले नेपाली सेनाको दि फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका जनप्रतिनिधि र सरोकारवालासँग भेट गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।