Breaking News

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध निर्वाचित महिला उपाध्यक्ष रामकुमारी झाँक्रीको उम्मेदवारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष पदका लागि राजेन्द्रप्रसाद पाण्डे र धनेन्द्र बस्नेत भिड्ने भए पनि अर्का उपाध्यक्षका उम्मेदवार धनेन्द्र बस्नेतले फिर्ता लिएपछि पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका
छन् ।

नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि मंगलबार निर्वाचित हुँदैछ । निर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गरिएको थियो ।

त्यस्तै, उपाध्यक्ष महिलामा जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । उपाध्यक्ष मधेसी समुदायमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाले उम्मेदवारी दिएका
छन् ।

४ वटा खुल्ला उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । जसमा ललितबहादुर बस्नेत क्षेत्री, डा। गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा। विजय कुमार पौडेल, केशव लाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद बास्कोटा रहेका छन् ।

४ वटा उपमहासचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ । १०५ जना पोलिटब्युरो सदस्यका लागि २ सय ४ जनाको उम्मेदवारी परेको छ ।