Breaking News

रानिमहल जाँदै गरेको भारतीय नम्बरको कार दुर्घटना एक जनाको मृत्य

१० भदौ, पाल्पा । पाल्पाको रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।

आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका(१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो ।

दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ।

गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।