Breaking News

साफ यू–२० फुटबल च्याम्पियनशिपमा नेपाल भुटानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाइनलमा

काठमाडौं । काठमाडौँमा भइरहेको साफ यू–२० फुटबल च्याम्पियनशिपमा नेपाल भुटानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गरेको हो ।

नेपालका गोलरक्षक जियारथ शेखले भुटानी खेलाडीले प्रहार गरेका दुई पेनाल्टी गोल हुनबाट जोगाएनन् मात्र पेनाल्टी शुटआउटमा एक गोलसमेत गरे ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाउनुपरेको थियो ।

भुटानका एक खेलाडीले रातो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको थियो।

नेपालले उपाधिका लागि भारत र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।