रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन् ।
एघार वर्षीय अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको
छैन । गाउँपालिका उपाध्यक्षले जानकारी दिए ।
मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको छ। पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा भइरहेको छ । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।