Breaking News

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९–०८० प्रतिवेदन सार्वजनिक

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९–०८० प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रलायले ७४९ स्थानीय तहमा गरेको मूल्याङकनमध्ये गाउँपालिकातर्फ धादिङको बेनिघाट रोराङ गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

त्यस्तै बराबरी अंक ल्याएर गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका द्धितीय स्थान हासिल गर्न सफल भएका छन् ।

उनीहरुलाई मन्त्रालयले प्रसंशापत्र प्रदान गरेको छ । रोराङले ८७.२५ अंक र इन्द्रावाती र रुरुको ८७ समान अंक छ ।