काठमाडौँ । साताको कारोबारको आज बिहीबार सेयर बजार परिसूचक नेप्से ६.०१ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ६.०१ अंकले बढ्दै २९७४.४६ विन्दुमा उक्लिएको हो ।
अघिल्लो दिन नेप्से सूचक २.११ अंकले बढ्दै २९६८.४४ विन्दुमा अडिएको थियो । हिजो बुधबार १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज बिहीबार कारोबार केही बढ्दै १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको भएको छ ।
आज सबैभन्दा बढी साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख ८ हजार रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको मूल्य घटेको छ । तीन वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
आज बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र म्युचुअल फन्ड समूहको उपसूचक बढेको छ भने बाँकी अरू समूहेको उपसूचक ऋणात्मक भएका छन् ।
आज तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योतिविकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने एसबीएल डिभेन्चरको मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ ।