दाङ र पूर्व नवलपरासीका गरी १२ जनाका कोरोना संक्रमण पुष्टि

१९ जेठ, दाङ । कोरोना भाइरसका संक्रमित बढ्ने क्रममा आज थप दाङमा दुई जना स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

कोरोना संक्रमित स्वास्थ्यकर्मी राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष हुन् ।

जनता मावि गढवाको क्वारेन्टिनमा राखिएका अन्य दुई जनामा पनि कोरोना पुष्टि भएको
छ । कोरोना पुष्टि हुनेहरुमा गढवा गाउँपालिका ६ का ३६ वर्षीय पुरुष र गढवा गाउँपालिका ७ का २४ वर्षीय पुरुषहरु छन् ।

शनिबार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टिनमा रहेका ५ जनामा पनि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका का.मु. रजिष्ट्रार कैलाश देवले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशको कावासोती नगरपालिकाकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार कावासोतीका संक्रमितहरु २२ र ३६ वर्षका युवा हुन् । यस्तै विनयत्रिवेणी गाउँपालिकाको संक्रमित १४ वर्षीय किशोर हुन् । उनीहरु क्वारेन्टिनमै बसिरहेका थिए ।