Breaking News

कलाईडोस्कोप प्रतियोगिताका विजेताहरुको नाम घोषणा

एशियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३/२४ को ११ औं कलाईडोस्कोप प्रतियोगिताका विजेताहरुको नाम घोषणा गरेको छ ।

एशियन पेन्ट्स नेपालद्वारा नेपाली प्रतिभाशाली आर्किटेक्टहरुको प्रतिभा प्रदर्शनी र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रुपमा कलाईडोस्कोप कार्यक्रमको आयोजना गर्दै आएको छ । जुन कार्यक्रमले् कलेजहरु, प्रोफेशनल आर्किटेक्टहरु र उपभोक्तलाहरुलाई एकसाथ भेला गर्दछ, जसले प्रत्यक्ष परियोजना, र मूल्याँकनका विभिन्न राउण्डहरु मार्फत् प्रतियोगितालाई सक्षम बनाउँछन्, अनि नेपाली आर्किटेक्ट समुदायबाट प्रतिनिधित्व गरेका अनुभवी निर्णायकहरुको स्वतन्त्र निकायले विजेताको चयन गर्दछन् ।

प्रतियोगितामा विजयी भएको डिजाइनलाई उपभोक्तालाई थप कार्यान्वयनका लागि हस्तान्तरण गरिएको छ । कलाईडोस्कोप कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए, जसले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए ।

प्रतियोगितामा आई.ओ.ई पुल्चोक क्याम्पस, की छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै रु.७०,०००÷ नगद पुरस्कार हात पार्न सफल भइन् भनें एक्मे इन्जिनियरिङ्ग कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका आशिष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन सफल हुँदै क्रमशः रु.४०,०००÷ र रु.३०,०००÷ नगद पुरस्कारबाट पुरस्कृत भएका छन् । यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्नु हुने काठमाडौं इन्जिनियरिङ्ग कलेज का बिपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका केवल लामाले नगद पुरस्कार रु.१०÷१० हजार प्राप्त गरेका छन् ।

विजेताहरुलाई माननीय पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री श्री बद्री प्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले समारोहका बीच पुरस्कारहरु प्रदान गर्नु भएको थियो । होटल म्यारियटमा आयोजना गरिएको सो पुरस्कार वितरण कार्यक्रममा अन्य विशिष्ट पाहुनाहरुको पनि उपस्थिति रहेको थियो ।