Breaking News

बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु

३ भदौ, धनगढी । लगातार आएको बर्षासँगै आएकोे पहिरोले बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । बुंगल नगरपालिका-१० को टुमेडाका एकै परिवारका ४ जना बेपत्ता थिए ।

पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको छ । पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो । पहिरो गएको थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।