Breaking News

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रति ५ बुँदेसहमति

काठमाडौँ । माओवादीको एक घटक मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले हालै राजनीतिक सहमति भएर संसदबाट पारित हुन लागेको सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रति ५ बुँदे असहमति जाहेर गरेको छ ।

लामो समयदेखि विचाराधीन रहेको विधेयक संसदबाट पारित गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्त्वपूर्ण विषयमा पार्टीको विरोध तथा असहमति गरेको प्रवक्ता हेमन्त प्रकाश ओली ९सुदर्शन०ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विधेयक निर्माण गर्ने प्रक्रियामा आफ्नो पार्टी लगायत सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विधेयकबारे निर्णय लिने प्रक्रियामा संसदमा पनि छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुभित्र गम्भीर षडयन्त्र लुकेको पार्टीले जनाएको छ ।

‘यो विधेयक अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको छ र यसलाई द्वन्द्वकालीन घटना विशेषका रूपमा लिनुभन्दा पनि सामान्य प्रकारका घटनाका रूपमा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उक्त प्रकारको विरोध तथा असहमतिका बिच पारित हुन भइसकेको विधेयकलाई विवेकसम्मत तथा न्यायपूर्ण ढङ्गले प्रयोगमा ल्याइयोस् ल्याइनुपर्ने भन्दै विज्ञप्तिमा राज्यसत्ताको यो षडयन्त्रपूर्ण रवैयाप्रति सजग रहन समेत आह्वान गरिएको छ ।