Breaking News

कोटीहोम स्थलमा उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन

१ भदौ, काठमाडौं । हिजो राती पशुपतिनाथ कोटीहोम स्थलमा उत्पन्न तनावको घटनाको छानबिनका लागि सरकारले ७ सदस्यीय समिति गठन गरिएको छ ।

आज भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव छन् ।

उक्त समितिलाई कोटीहोम आयोजनास्थलमा भएको घटनाको बारेमा स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ ।

कोटिहोम स्थलमा प्रहरी पुगेपछि कथावाचक विजय कृष्णमूर्तिका समर्थकले प्रतिवादन गरेका थिए । कृष्णमूर्तिलले आफूलाई पक्राउ गर्न आएको भन्दै समर्थकलाई प्रतिवाद गर्न आह्वान गरेका थिए ।