Breaking News

भक्तपुरको गठ्ठाघर घटना बारे गृहमन्त्री लेखकको चासो महानिरीक्षकलाई दुर्घटनाको कारण खोजी गर्न निर्देशन

हिजो दिउँसो भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्करबाट स्कुटरलाई ठक्कर दिई घिसारेर चालकको‍ मृत्यु भएपछि दिनभर जसो त्यो क्षेत्र तनावग्रस्थ बन्यो । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्न गरिब २२ राउण्ड अश्रुग्यास प्रहार समेत गर्नु परेको थियो । प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र केही प्रहरी समेत घाइते भएका थिए । यस बारेमा गृहमन्त्री रमेश लेखकले चासो लिदै गठ्ठाघरमा भएको सवारी दुर्घटनाबारे बुझ्न खोजेका छन् ।

गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग दुर्घटनाको जानकारी लिँदै दुर्घटनाको कारण खोजी गर्न निर्देशनसमेत दिएका छन्।

‘गठ्ठाघरको दुर्घटनामा के भएको होरु दुर्घटना हुनुमा कसैको गल्ती छ किरु यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ किरु यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्,’ आइजिपी कुँवरलाई गृहमन्त्री लेखकले भने।

गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।