Breaking News

सीमानाकामा मनाइयो भारतको ७८औं स्वतन्त्रता दिवस

जनकपुरधाम । छिमेकी मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको सीमानाकामा पनि मनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको हो ।

सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, प्रहरी चौकी, हाईस्कुल, बैंक, हुलाक कार्यालय, इन्स्पेक्टरको कार्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा झण्डा फहराई स्वतन्त्रता दिवस मनाइएको हो ।
सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख सुनिल दत्तको अध्यक्षतामा भएको झण्डोत्सव कार्यक्रममा नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता डा.राजीव झा र बाहिनीका प्रमुख इन्सपेक्टर दत्तले संयुक्तरूपमा नेपाल–भारतको सीमा जटहीमा भारतको झण्डा फहराइएको थियो ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष डा.झा, नेपाल प्रहरीका वरिष्ठ सई सुरेन्द्र खेरवार, सशस्त्र प्रहरी सई शिव खवास र भारतको तर्फबाट सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख इन्स्पेक्टर सुनिल दत्त, जयनगर कार्यालयका इनस्पेक्टर अंकुर मिश्रका साथै एलसीएस पिपरौन कार्यालयबाट सञ्जय कुमारको उपस्थिति रहेको थियो ।

नेपाल र भारतबीच पौराणिक सम्बन्धका साथै छिमेकी देश रहेकै कारण नेपालबाट पनि भारतलाई शुभकामना दिनेको ओइरो नै लागेको हुन्छ । यसै अवसरमा भारतको तर्फबाट नेपालस्थित गैरनाफामूलक विभिन्न संघ संस्थालाई एम्बुलेन्स, स्कुल बस प्रदान गर्दे आएको छ ।