३२ साउन, काठमाडौं । इजरायलले विगत १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजारभन्दा धेरै व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९२ हजार जना घाइते भएका छन् ।
गत ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमण अहिले पनि जारी छ ।
गाजा क्षेत्रमा ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन् । स्याटलाइट तस्वीर हेर्दा सबैभन्दा धेरै भौतिक क्षति दक्षिणी शहर रफाहमा भएको छ ।
उनका अनुसार गाजामा औसतमा दैनिक १३० जना मानिसको मृत्यु हुने गरेको छ । इजरायली सेनाले घर, अस्पताल, स्कुल र धार्मिक प्रार्थना स्थलमा समेत आक्रमण गरेको भन्दै उनले यसलाई निकै गम्भीर अवस्था भनेका छन् ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयले युद्ध बन्द गर्न र बन्धकहरुलाई रिहा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।