Breaking News

राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग निर्देशन

२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न सुझाएको छ ।

सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको भन्दै रास्वपाले त्यसअघि सार्वजनिक यातायातमा यात्राको अनुभव लिन केन्द्रीय सदस्य र सांसदहरुलाई निजी सवारी साधनको सट्टा पाँच दिन सार्वजनिक यातायातका साधनमा यात्रा गर्न भनेको हो ।

पार्टी सभापति रवि लामिछानेको प्रस्ताव अनुसार केन्द्रीय सदस्य र सांसदहरूले सार्वजनिक यातायातको वर्तमान अवस्था नजिकबाट बुझ्ने र अनुभव गर्ने प्रक्रिया स्वरूप पाँच दिन आफ्नो निजी सवारी साधनको साटो सार्वजनिक यातायातको प्रयोग गर्ने प्रस्ताव गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने ।क्छ ।’