Breaking News

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीलाई

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज जित्न सफल भएकी हुन् । उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाई दिएकी थिइन। मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले हात पारिन ।

मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ ।

जितपछि पत्रकारलाई प्रतिक्रिया दिने क्रममा मिस नेपाल वर्ल्ड आस्माले आफूलाई सपनाजस्तो लागिरहेको बताइन् । २६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उत्कृष्ट भए ।

मिस फोटोजेनिक श्रद्धासुमन सिलवाल, फार्मेसी फेस अफ द इयर आस्मा केसी, मिस इन्टलेक्चुअल दीक्षा अवस्थी र ब्युटी विथ अ पर्पस विधामा सुमना केसी विजयी भए ।

‘ब्युटी विथ पर्पस’को विधा मिस नेपालको इतिहासमा पहिलोपटक आयोजना गरिएको
हो । वुमन विथ द विंग्स विधामा किम्ती श्रेष्ठले जिते ।

उपाधिका लागि सेमिफाइनलमा आस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

फिनालेमा प्रियंकारानी जोशी, दिब्यदेव, शरद भेसवाकरसहितका ११ जना जजको रुपमा थिए । यसवर्षको संस्करणमा मिस नेपालको ३० औं वर्षगाँठ सेलिब्रेसन गरिएको थियो ।