Breaking News

एल. आर. आइ. विद्यालय र मलेसियाका विद्यालहरुबीच शिक्षक विद्यार्थी आदानप्रदान सम्झौता सम्पन्न 

काठमाडौँ, साउन। एल. आर. आइ. विद्यालय र मलेसियाका विद्यालहरुबीच शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
एल. आर. आइ. विद्यालयका संस्थापक ट्रस्टी डा. यशोधरा पन्तको नेतृत्वमा मलेशिया गएको प्रतिनिधिमण्डलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। दुई देशका शैक्षिक सस्थाबीच आपसी सहकार्य गर्न मलेसियाको अध्ययन भ्रमण गरेको सो भ्रमण दलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशरेखा पन्त, उच्चमाध्यामिक शिक्षा प्रमुख पुस्करनाथ फुलारा तथा वरिष्ठ समाजसेवी प्रतिभा शर्मा हुनुहुन्छ ।
यो भ्रमणको मुख्य उद्देश्य मलेसियामा रहेका माथिल्लो स्तरका पूर्व प्राथमिक तथा प्राथमिक तहका तीनवटा विद्यालयको शैक्षिक गतिबिधीको अवलोकन गरी ती विद्यालयसित शैक्षिक आदान प्रदानलगायत आपसी सहकार्यका लागी द्विपक्षीय सम्झौतामा  छ ।
उक्त प्रतीनिधिमण्डलले मलेशियामा रहेका तीनवटा पूर्व प्राथमिक तथा प्राथमिक तहका बिद्यालय सित भबिष्यमा शैक्षिक आदान प्रदान लगायत आपसी सहकार्य हेतु एक समारोहका बिच आपसि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
मलेशियास्थित नेपाली राजदूतावासको आज भ्रमण गरेको छ ।सो अवसरमा नेपाली राजदूतावासका पदाधिकारीले एल.आर.आइ विद्यालयले  मलेशियाका विद्यालयहरुसित गरेको दुईपक्षिय शैक्षिक आदान प्रदान सम्झौताको खुलेर प्रसंशा गर्नुभयो । साथै विद्यालय प्रतिनिधिमण्डलले स्थानिय सरकारका शिक्षा प्रमुख लगायत सरोकारवालाहरु सित अन्तरकृया गरी दुइ देशबीच शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा आपसि सहयोग आदान प्रदान गर्ने विषयमा सहमति पनि गरेको छ । भेटमा मलेशियाको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरी एल.आर.आइ. विद्यालयसंग विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धी थप सम्झौता गरिने प्रतिवद्धता जनाइएको छ ।
एल. आर. आइ विद्यालयले यस अघि नै विश्वका १८ देशका विद्यालयहरु सित शैक्षिक आदानप्रदान कार्यक्रममा आपसी सम्झौता गरिसकेको छ । यस्तो किसिमको कार्यक्रमले विद्यालयमा अध्यययनरत विद्यार्थीहरुलाइ हालको युग अनुरुप ग्लोबल सिटिजनको अवधारणामा उत्प्रेरित गर्ने विश्वास लिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा विद्यालयका सूचना अधिकारी दीपक जोशीले जानकारी दिनुभयो। भ्रमणका क्रममा प्रतिनिधि मण्डलले मलेशियाका तीनवटा प्रतिष्ठित पूर्व प्राथमिक तथा प्राथमिक तहका बिद्यालयका शैक्षिक गतिबिधिको सुक्ष्म रुपमा अवलोकन भ्रमण गरेको छ ।

एल. आर. आई स्कूलले आफ्ना विद्यार्थीलाई विश्व चिनाउने र बिज्ञान तथा सुचना प्रविधिको युगमा प्रतिस्पर्धी बनाई राख्नको लागी गरिएको अन्तरदेशीय “शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम” अभिभावक वर्गबाट पनि सर्वाधिक रुचाईएको कार्यक्रम अन्तर्गत पर्दछ। देशको कला संस्कृति र दक्षताको अन्तराष्ट्रियकरण गर्नको निम्ति एल. आर. आई स्कूलको अग्रणी भूमिकालाई नेपाल सरकार,महानगरपालिका नागरिक समाज तथा सामाजिक संघ संस्थाहरुद्वारा वर्षेनी उच्च -कदर समेत भैरहेको छ। आगामी मंगलबार नेपाल फर्कने प्रतिनिधि मण्डलले मलेशियाका अन्य प्रतिष्ठित विद्यालयहरुको पनि अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको छ।

कृष्णराज गौतम