Breaking News

एमाले नेताहरुको कार्यविभाजनमा व्यापक हेरफेर

नेकपा एमालेको हिजो बसेको सचिवालय बैठकले सबै नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको ३४ औं सचिवालय बैठकले यस्तो कार्यविभाजन गरेको छ।

एमालेले सातैवटा प्रदेशमा इन्चार्ज हेरफेर गरेको छ। त्यस्तै विभाग र जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि हेरफेर गरेको छ।

यसअघि फरक भूगोल कार्यक्षेत्र हुने गरी तय गरिएको कार्यविभाजन परिवर्तन गरी केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलमा खटाएको छ। एमालेले पहिलाको कार्यविभाजनलाई व्यापक हेरफेर गर्दै नयाँ कार्यविभाजन गरेको हो ।