Breaking News

नेत्रज्योती कृषी सहकारीको १२ औं साधरणसभा सम्पन्न

नेत्रज्योती कृषी सहकारी संस्थाको १२औं साधरणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधरणसभा तथा खिरखाने कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यबाहक नगर प्रमुख सिता थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका माध्यमबाट गरेको कामहरुमा पारदर्सीता र स्तरियता हुने बताउनु भएको छ । उहाँले सहकारीहरु नाफामुखी व्यापारमुखी हुनुभन्दा पनि सेवामुखी हुनपर्ने बताउँनु भयो । हरेक उत्पादनमा नगरपालिकाले अनुदान दिएको छ, हरेक क्षेत्रमा उत्पादनका लागि बिउ बिजन, मलमा अनुदान दिएको छ, तर पनि नगरका खेतीयोग्य जमीनहरु बाँझै रहेका छन्, यसतर्फ सबैको ध्यान जान जरुरी रहेका बताउदै उत्पादनमुलक काममा सबै मिलेर अगाडी बढ्न पर्ने समेत बताउँनु भयो ।

प्राय कृषकहरुले पहिलो त आफैले खानका लागी खेती गर्ने गरेको भएपनि आफुले प्रयोग गरेर बाँकी रहेको सामाग्री बिक्री गरेर नगदमा परिणत गरेर अरु खाँचो टार्ने गरेको पाइएको धारण व्यक्त गर्नुभयो । नगरपालिकाले यसबर्ष दुध उत्पादनमा दिइरहेको अनुदान र उत्पादनका आधारमा दिइएको अनुदान कृषकले पाउँदा के उपलब्धी भयो भन्ने तर्फ पनि सोच्न पर्ने बेला आएको बताउँनु भयो ।

संस्थाले विगतको दिनहरुमा जस्तै आगमी दिनमा राम्रो गर्न सकोस् यसका लागी नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने भन्दै शुभकामना व्यक्त गर्नेभएको थियो । उहाँले आम्दानीको एकमात्र स्रोत कृषी रहेको बताउदै कृषी उत्पादनमा सबै लागी पर्नु पर्ने बताउँनु भयो ।

कार्यक्रमका बिषेश अतिथी १४ नं. वडाका अडाअध्यक्ष उद्धब नेपालले अनुदान लिनका लागी प्रतिस्पर्धा हुनपर्छ प्रतिस्पर्धामा भएका कामहरु नै परिणाममुखी हुने छ भन्दै वडा र नगरबाट स्थानीय स्तरमा नै उत्पादन हुने सामाग्रीलाई प्रोत्साहन दिइरहेको बताउँनु भयो । आफ्नो गाउँमा रहेको कृषी सहकारीले ११ वर्ष पुरा गरी १२ वर्षमा प्रवेश गरेसँगै वडाले पनी कृषीसँग आवद्ध काम गर्ने र आम्दानीको मुख्य श्रोत कृषी भएकोले कृषीप्रति आकर्षित रहनुपर्छ बताउनु भयो ।
नगर सहकारी सञ्जालका संयोजक नरमान श्रेष्ठले सहकारीहरुलाई व्यवस्थित र सुरक्षित तरिकाबाट सञ्चालन गर्नका लागी सञ्जालले बिषेश भुमिका खेल्ने बताउँनु भयो ।

जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपालले कृषी क्षेत्रमा काम गरिरहेको नेत्रज्योती कृषी सहकारी संस्थाले गरेका कामहरुका बारेमा प्रशंसा गर्दै कामहरु सुरु गरेर मात्र हुँदैन यसको स्थाइत्वमा पनी ध्यान दिनपर्ने बताउँनु भयो । डडुवा बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा भेष बहादुर नेपालले नेत्रज्योती कृषी सहकारी संस्थाले नयाँनयाँ योजनाहरु ल्याएर काम गरिरहेकोमा बिषेश धन्यबाद दिदै आगामी दिनमा अझै अगाडी बढ्न सकोस भन्नुभयो । संस्थाका सहसचिब जयराम नेपालले स्वागत मन्तव्य राख्दै सहकारी संस्थाले गरेका कामहरु र आगमी बर्षमा गरिने कार्यक्रमका बारेमा जानकारी गराउँनु भएको थियो । संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको अध्यक्षतामा भएको साधरण सभाको सञ्चालन भने संस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले गर्नुभएको थियो । सहकारी संस्थाको साधरण सभाले आब २०८०/८१ को आयव्ययका साथै आगामी बर्षको निती तथा कार्यक्रमहरु पारित गरेको छ । साउन १५ सँगै सहकारी संस्थाको बार्षिक साधरण सभाको अबसरमा उपस्थितीहरुलाई खिर खुवाइएको थियो ।