Breaking News

आज श्रावण महिनाको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनहरुको भिड

भगवान शिवको महिनाको रुपमा मानिदै आएको साउन महिनामा हिन्दु धर्मालम्बीहरूले बिषेश रुपमा शिवको पुजाआराधना गरी प्रत्येक सोमबार वर्त बसेर शिव भगवानको मन्त्र जप्दै मुखमा केही पानी समेत नराखी वर्त बस्ने
गर्दछन् । त्यसमा पनि साउन महिनाको सोमबार आज दोस्रो सोमबार हो । आज देशैभरीका शिवालयमा उल्लेख्य मात्रामा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

बिहानै देखि भक्तजनहरु शिवालयमा गएर शिवको दर्शनका साथै पुजाआजाका लागि लामबद्ध भएर बसेका छन् । त्यसमा पनि पाशवत क्षेत्र पशुपतिनाथ परिसरमा बिहानैदेखि उल्लेख्य मात्रामा भक्तजनहरुको भिड लागेको छ । कोही दर्शन गर्न त, कोही पुजाआजा गर्न त कोेही रमाईलो हेर्नेहरुको बाग्लो भिड लागिरहेको छ ।

आज सोमबारको दिन भगवान शिवको नाममा बर्त बस्नाले आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ व्रत बस्ने र शिव मन्दिरहरूमा दुध र जल चढाइ पूजा(अर्चना गर्ने परम्परा रहेको छ।